इटहरीः लायन्स क्लब अफ इटहरी स्मार्टसिटीको अध्यक्षमा लक्ष्मि बराल गौतम चयन भएकी छन् । दुई दिनअघि निर्वतमान अध्यक्ष थानेश्वर ढकालको अध्यक्षतामा भएको बार्षिक साधारण सभाबाट गौतमलाई सन २०२० - २१ का लागि अध्यक्षमा सर्वसम्वत चयन गरिएको हो ।
एक बर्षे कार्यकालका लागि लायन्स क्लब अफ इटहरी स्मार्टसिटीको प्रथम् उपाध्यक्षमा मुक्ति दाहाल, द्धतिय उपाध्यक्षमा वेदनाथ(राजन) भेट्वाल, तृतिय उपाध्यक्षमा गणेश ओली, सचिवमा भूपाल भट्टराई, कोषाध्यक्षमा सुजता पोख्रेल सर्वसम्वत चयन भएका छन् । त्यस्तै सह सचिवमा कुशल बिष्ट र सह कोषाध्यक्षमा गायत्री भट्टराईलाई चयन गरिएको अध्यक्ष गौतमले जानकारी दिएकी छन् ।

96692288_284094069291381_5806433851592933376_n