इटहरीः लायन्स क्लब अफ इटहरी ग्रिन सिटी बर्ष २०२० २१ का लागि इन्जिनियर भविन खड्काको अध्यक्षतामा नयाँ कार्य समिति निर्माण भएको छ । क्लबको बार्षिक साधारणसभाबाट खड्कालाई अध्यक्ष सहित अन्य पदाधिकारीहरु सर्वसम्वत चयन गरिएको हो ।
खड्काको अध्यक्षतामा लायन्स क्लब अफ इटहरी ग्रिन सिटीको कार्यसमितिमा लायन अजय अधिकारी, दिलिप पराजुली, हेमा तमु गुरुगं, लोकनाथ भण्डारी, दिपक पोख्रेल, शान्ता कोइराला, ओमप्रकाश वन र माधव पौडेल चयन भएका छन् । यो नयाँ कार्यसमितिले सन २०२० बर्ष भरी लयान्स क्लबमा रहि सामाजिक कार्यका अलवा अन्य परोपकारी कार्य गर्ने छ । कार्यकाल एक बर्षे हुने छ ।