इटहरीः इटहरी–८ मा अवस्थित रोल्वालिङ एकेडेमी प्रि स्कुलमा इटहरीको वेदान्त अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
सो शिविरमा ३५ जनाले स्वास्थ्य जाँच गराएको शिविर आयोजक विद्यालयले जनाएको छ । शिविरको लागि आवश्यक सम्पूर्ण संयोजन वेदान्त अस्पतालले गरेको थियो । कार्यक्रम अम्बिका न्यौपानेको सभाध्यक्षमा भएको थियो । विद्यालयकी प्रिन्सिपल सिर्जना राईले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
न्यौपानेले आगामी दिनमा पनि यस्ता शिविर सञ्चालन गरिने बताइन् । वेदान्त अस्पतालका सञ्चालक इन्द्र श्रेष्ठले आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गरिने बताए ।
शिविरमा वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ डा. सुरेशप्रसाद शाह, प्रेम खत्री र निश्मा लिम्बूले स्वास्थ्य परीक्षण गरेको श्रेष्ठले जानकारी दिए ।