इटहरीः बिराटनगरको एक युवा समुहले लकडाउन भएको समयमा सडक बाटोमा हिड्ने सर्बसाधरण तथा यात्रुलाई दैनिक खाना खुवाउने गरेको छ । सेवानै मानव जिवनको मुख्य कर्म हो भन्ने उद्धेश्यले नारायण बराल र गणपत मित्रुकाको नेतृत्वमा बिराटनगर महानगरपालिका वडा नम्बर ६ शिव मन्दिर युवा समूहले चैत्र २० गतेबाट यस्तो कार्यको थालनी गरेको हो । सुरुका दिन १ सय १३ घरपरिवारलाई निशुल्क खाना खुवाएको यो समुहले ३३ औ दिनमा सोमबार १ सय ३३ बिपन्न परिवारलाई खाना खुवाएको छ ।
बिना कुपन शिव मन्दिर मार्ग किचनबाटै १ सय ८५जनालाई निःशुल्क खाना बितरण गरेको बरालले जानकारी दिए । सडकमा हिड्ने यात्रु होस् या बिपन्न परिवारलाई मात्र नभएर अस्पतालमा बिरामी कुर्ने ब्यक्तिलाई खाना खुवाउँदै आएको बरालले बताए । उनका अनुसार बिराटनगरमा रहेको कोशी प्रादेशिक अस्पताल र बिराट टिचिङ हस्पिटलका बिरामी कुरुवाहरुलाई समेत गरि दैनिक जसो ६ सय ५० जनालाई निःशुल्क खाना उपलब्ध गराउँदै आएको छ ।

94690374_888730138199022_3042055095861641216_n
हाल शिवमन्दिर मार्गको किचनबाटै ७०० देखि ७५० खाना बाढिरहेको उनको भनाई छ। यस समुहले बिभिन्न संघसस्था, ब्यापारी तथा बिदेशमा भएका ब्यतिहरुबाट आर्थिक सहयोग जुटाएर लकडाउन अबधिभर बिपन्नलाई खाना बितरणको कार्यक्रम चलाउने कार्यक्रम रहेको समुहका सदस्य बरालले बताए ।
उक्त समुहले १०० सुकुम्वासी बस्तिका बिपन्न परिवारको घर घरमा गएर उनीहरुको अबस्था हेरी परिवारको संख्याको आधारमा कुपन समेत दिएको छ। ६सय ५० देखि ७ सय प्याकेट बनाएर ३, ४ घरमिली एउटै झोलामा खाना र तरकारि लैजाने गरेको बरालले बताए ।
उक्त खाना ४ घरले कुपनका आधारमा बाँडेर खानेगरेका छन् । उनीहरुको ४ दिनमा १दिन पालो आउनुका सार्थै किचनमा भिड कम भएको बरालले बताए । खानामा भात , झोल वाला तरकारीको व्यवस्था गरिएको छ । त्यसमापनि कहिले पुलौ, कहिले फ्राई राईस, तराकरी बडिहुँदा चिउरा तरकारी समेत दिने गरेको उनले बताए । खाना बढिहुँदा फ्राई गरेर प्याक गरेर दिने गरेको गरिएको बरालले बताए ।

94879703_231699697923049_2766776245130625024_n
बरालका अनुसार सो युवा समुहले एक समय मात्र बिहान ९ः३० बजे देखि ११ बजेसम्म खाना बितरण गर्ने गरेको छ । शुरुका दिनहरुमा सो समूहले विपन्न परिवारलाई कुपन वितरण गरि खानाको व्यवस्था गरेको थियो । हाल भने त्यस्ता परिवारहरु र सडकमा हिड्नेहरुले किचनबाटै निःशुल्क खानाको प्याकेट लिने गरेको बरालले बताए । यसखालको मानवीय सेवा लकडाउन अवधिभर संचालन गरिरहने बरालको भनाई छ ।

94613533_652077108683063_6484144631083696128_n 94657787_279321816565710_1795966469180227584_n 95015076_2832538656864316_2176751655393951744_n 95141468_643178272908238_5128168351306088448_n 94882394_234928020946514_3905266792766898176_n