ताप्लेजुङः आँगलागीका कारण घर बिहिन भएका ७ घरपरिवारलाई तत्काल राहत वितरणका लागि जिल्ला दैविक प्रकोप व्यवस्थापन समितिको बैंठक शुरु भएको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैंठक शुरु भएको हो । गए राती साढे १० बजे ताप्लेजुङको बीच बजारमा रहेको खड्ग थापाको घरमा संचालित सामान्य खाजा पसलबाट अचानक आँगो सल्किदा ७ वटा घर र ५ वटा पसल जलेर पूर्ण रुपमा नष्ट भएको थियो ।

बैंठकपछि आँगोका कारण ७ घर नष्ट भएका परिवारका सदस्यहरुलाई तत्काल बस्न र खानाको व्यवस्थापन गरिने सहायक प्रमुख जिल्ला अधिकारी केशब खतिवडाले जनाएका छन् । बैंठकपछि आँगलागीबाट के कति क्षति भयो ? सोको पनि विवरण संकलन गरिने उनले बताए । आँगो राती साढे १ बजे नियन्त्रणमा आएको थियो ।