सुनसरीः राहताका नाममा सुनसरीको हरिनगरा गाँउपालिकको ३ वटा वडामा वितरण गरिएको चामल प्लाष्टिकको भएको स्थानीयले बताएका छन् । ती चामल खाद्य संस्थान विराटनगरबाट खरिद गरि ल्याइएको गाँउपालिकाको दावी छ ।
सो गाँउपालिकाको वडा नम्बर १, २ र ६ नम्बर वडाका अति विपन्न र श्रमिकहरुलाई वितरण गरिएको चामल प्लाष्टिकको भएको उनिहरुले बताएका छन् । पकाउदा डल्लो पर्ने, डोरी जस्तो तन्कने , भुँईमा पछारर्दा फुटबल जस्तो उफ्ने गरेको स्थानीयले बताएका छन् ।
सो चामल पकाएर खादा बिषेश गरि घरका बालबालिकाहरु बिरामी परेको स्थानीयले बताएका छन् । घरका बालबालिकाहरुको सो चामलको भात पकाएर खाएपछि पेट फुल्ने दुख्ने समस्याले सताएको स्थानीयले बताए । ५ सयको चामलले १५ बढी उपचार गर्नु परेको उनिहरुको भनाई छ । गाँउपालिकाले आफूहरुमा धोका दिएको उनिहरुको आरोप छ । लकडाउनका बेला गाँउपालिकाबासीलाई दुई छाक खानका लागि राम्रो चामल नदिएर गाँउपालिकाले फटाई गरेको उनिहरुको भनाई छ ।
गाँउपालिकाबाट वितरण भएको चामल प्लाष्टिकको भएको दावी गर्दै तीन वटै वडाका बासिन्दाहरु घर घरबाट सडकमा निस्किएर आज बिहान केही बेर प्रर्दशन गरेका छन् । गाँउपालिकाले राहत वापत दिएको चामलका बोरा सहित सडकमा निस्केका उनिहरुले चामल गाँउपालिकालाई नै फिर्ता दिने बताएका छन् ।
गाँउपालिकाका अध्यक्ष गफार अन्सारीले चामलका कुनै समस्या नभएको बताए । गुणस्तरीय पोषिलो चामल भएकाले खाद्यन संस्थान विराटनगरबाट खरिद गरि ल्याएले वडाबासीहरुले गरेको दावी गलत भएको उनको भनाई छ । गाँउपालिकाका केही विरोधीहरुले अफवहा फैलाएर बद्नाम गर्न खोजेको अध्यक्ष गफारले दावी गरे । उनले वितरण गरिएका चामलको गुणस्तरका बिषयमा छानविन भने गर्ने बताए । खाद्यन संस्थन विराटनगरका कर्मचारी देवेन्द्र राईले चामलको गुणस्तर ठिक भएको बताएका छन् ।