इटहरीः भोलि अर्थात बुधबारदेखि इटहरीमा ३ घण्टा खाद्यान्न, तरकारी र फलफुलको पसल खुल्ने भएको छ । विहान सात वजे देखि दश वजे सम्म ती पसलहरु खुल्ने निर्णय भएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मि गौतमले बताएकी छन् ।
विहान इटहरी उपमहानगरपालिकाका नगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले जिल्ला सुरक्षा समिति सँग वैशाख १७ देखि विहान सात वजे देखि दश वजेसम्म खाद्यान्न,तरकारी र फलफुका पसल खुल्ला गर्न अनुरोध गर्ने निर्णय गरेको गौतमले जनाइन् ।
बैंठकमा २० वडाका वडाध्यक्षहरु,प्रहरी प्रशासन,उद्योग वाणिज्य संघ र नागरिक समाज समेतको सहभागिता रहेको थियो । सवारी साधन प्रयोग नगरि एक परिवारवाट एक जना मात्र खरिदका लागि सम्वन्धित पसल सम्म आउजाउ गनुपर्ने निर्णय भएको छ ।
तोकिएको समयमा खरिद विक्री गर्दा सामाजिक दुरी कायम गरे नगरेको जनप्रतिनिधि,उद्योग वाणिज्य संघ र प्रहरी प्रशासनले अनुगमन गर्ने बैंठकले निर्णय गरेको छ । औषधी पसल सदाझै २४अै घण्टा सञ्चालन हुने छन । तोकिएको समय सिमालाई कडाइका साथ पालना गर्न इटहरी उपमहानगरपालिकाले सबै नगरवासीलाई अनुरोध समेत गरेको छ ।