इटहरीः सुन्दरहरैंचा नगरपालिकाका मेयर एव्म नेपाली कांग्रेस मोरगंका सह सचिव शिबप्रसाद ढकाललाई मातृशोक परेको छ । उनकी आमा इन्द्रकुमारी ढकालको आज बिहान निधन भएको हो । लामो समयदेखि बिरामी भई उपचार भईरहेकी ढकालकी आमाको आज बिहान ३ बजेर २५ मिनेटमा विराटचौंक स्थित आफ्नै निवासमा ७९ बर्षको उमेरमा निधन भएको हो ।
मेयर ढकालकी आमाको अन्त्येष्टी अहिले केही बेरमा इटहरी स्थित बुढीगंगा जमुना मुक्ति घाटमा गरिदै छ । अन्त्येष्टीमा नेपाली कांग्रेसका केन्द्रिय तहका नेताहरु पनि सहभागी हुने बुझिएको छ ।
स्वर्गीय ढकालका श्रीमान् ३ जना छोरी र ४ जना छोरा रहेका छन् । वि.सं. १९९८ असार ११ गते धनकुटाको भीरगाउँमा बाबु भवानीप्रसाद र आमा तुलसादेवी सुवेदीकी साहिँली छोरीको रुपमा उनको जन्म भएको थियो । तेह्रथुम जिल्लाको ओख्रे निवासी पर्शुराम ढकालसँग उनको २०१४ सालमा विवाह भएको थियो । ढकाल परिवार लामो समय सुन्दरहरैंचाकै बेलेपुरमा निकै लामो समय बसोबास पछि केही बर्षअघि मात्र विराटचौंक सरेका थिए ।