इटहरीः इटहरी चौंक पूर्वको ट्याङग्रा पुलको आजबाट मर्मत कार्य शुरु भएको छ । इटहरी उपमहानगरपालिकाको पहलमा पुलको मर्मत थालिएको हो ।
लकडाउनको मौकामा सडक कार्यालयले मर्मत कार्य थालेको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मि गौतमले जानकारी दिएकी छन् । पटक पटक सो पुल मर्मत भएपनि केही समयपछि नै भत्कने गरेको थियो ।
आजबाट थालिएको मर्मत चाँही दह्रो हुने उपमेयर गौतमले बताइन् । मर्मत कार्यका लागि आवश्यक सामाग्री नभएपछि आज बिहान उपमेयर गौतमले आफ्नै पहलमा हार्डवेयर पसलसंग समन्वय गरि सडक कार्यालयलाई आवश्यक सामाग्री उपलब्ध गराएकी थिइन ।
उनले मर्मत स्थल सो पुलमा पुगेर सडक कार्यालयका इन्जिनियर दधि गौतमलाई मर्मत कार्यको गुणस्तरमा कमि आउन नदिन आग्रह गरेकी छन् ।
सो पुलको बारम्बार भत्केका कारण जीर्ण बन्दै गएको तर सडक कार्यालयले बेवास्था गरेपछि लकडाउन हुनु अघि नै उपमेयर गौतमले तत्काल पुल मर्मत गर्न निर्देशन सहित सडक कार्यालयलाई पत्र काटेकी थिइन् ।
पूर्वपश्चिम सडक खण्डस्थित इटहरी वजार हुँदै वग्ने ट्याङग्रापूल मर्मत थालिएको हो । हार्डवेयरबाट सामान उपलब्ध गराउन पहल गर्ने र सुरक्षाको जिम्मेवारी लिने भनेपछि सडक डिभिजन कार्यालयले काम सुरु गरेको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । लामो समयदेखि पूल मर्मत नहुँदा समस्या हुँदै आएको थियो । केहि समय अघि नै टेण्डर लागि सकेको भएपनि कोरोनात्रासका कारण मर्मतको काम सुरु हुन सकेको थिएन । ट्याङग्रापूल दैनिक सयौं सवारी साधन वारपार हुने पूल हो । लकडाउन भित्रमै पुललाई मर्मत गरिसक्ने उपमेयर गौतमले बताइन् ।