धरानः धरान उपमहानगरपालिकालाई उपेक्षित उत्थान सरोकार केन्द्र धरानले बुधबार २६ हजार ६ सय ६१ रुपैँया प्रदान गरेको छ ।
केन्द्रले धरान उपमहानगरपालीको फुड बंैकमा १५ हजार ५ सय ५५ रुपैयाँ र वडा नम्बर ८ लाई ११ हजार १ सय ११ रुपैँया सहयोग गरेको हो । धरान सरकारले अति विपन्न तथा दैनिक ज्यालादारी गरेर जिविको पार्जन गर्नेहरुलाई दोस्रो चरणको राहत वितरणमा केहि सहयोग होस भन्ने उद्धेश्यले सो रकम प्रदान गरेको उपेक्षित उत्थान सरोकार केन्द्र धरानकी अध्यक्ष रेणुका विश्वकर्माले बताइन् ।
उनले सो रकम धरान नगर प्रमुख तिलक राई र वडा ८ का अध्यक्ष रुद्र वहादुर लिम्बुलाई सम्बन्धित कार्यालयमै पुगेर हस्तान्तरण गरेकी हुन् । रकम ग्रहण गर्दै वडा अध्यक्ष लिम्बुले दाताहरुबाट आएको राहतका दुरुपयोग नहुने गरि वितरण गरिने प्रतिबद्धता जनाए ।
लकडाउन भएपछि स्थापना भएको राहत कोषमा पहिलो चरणमा उत्साहजनक रुपमा राहत संकलन भएपनि अहिले भने घट्दो रुपमा राहत संकलन हुँदैछ । धरान नगरपालीकाले अहिलेसम्म १ करोड ५० लाखको राहत वितरण गरिसकेको छ भने आगामी ३ दिनमा थप १ करोड ५० लाखको राहत वितरण हुनेछ ।
अहिले सम्म विभिन्न सामाजिक संघसंस्था, अभियान्ता तथा उद्योगी व्यवसायीहरुबाट ६८ लाख रुपैँया राहत सहयोग भएको छ । त्यसमा उद्योगी व्यवसायीहरु भन्दा सामाजिक संघसंस्थाहरु तथा अभियान्ताहरुबबाट धेरै सहयोग भएको पनि नगर प्रमुख तिलक राइले वताएका छन । विभिन्न निकायबाट भएको सहयोग पारदर्शी रुपमा अति समस्यामा परेका विपन्न परिवारहरुलाई प्रदान गरिने पनि राईले वताएका छन ।