इटहरीः नेपाल प्रेस युनियन सुनसरी जिल्ला कार्यसमितिको अध्यक्षमा पवन अधिकारी चयन भएका छन् । २०७५ कार्तीक १८ गते आइतबार सम्पन्न युनियनको आठौँ अधिवेशनको सहमति अनुसार उनी अध्यक्ष चयन भएका हुन् ।
आठौ अधिवेशनमा अध्यक्षका प्रत्यासी धनबहादुर पुरी र पवन अधिकारी मध्ये नेतृत्व बाडफाँड भएको थियो । जसमा पुरीले ०७५ कार्तीक १८ देखी ०७७ बैसाख ५ गते सम्मको पहिलो कार्यकाल पुरा गरेका छन् । दोस्रो कार्यकालको लागी अधिकारीलाई अध्यक्ष बनाउने सहमती अनुसार यही बैसाख ६ गतेदेखी उनी अध्यक्ष भएका हुन् । सहमती पत्रमा पुरी पछी अध्यक्षमा अधिकारी स्वत चयन हुने उल्लेख गरीएको थियो । अधिकारी नेपाल विज्ञापन संघ(आन) का प्रदेश नम्बर १ का अध्यक्ष समेत हुन् ।