इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष ५५ बर्षीय बिष्णुलाल चौधरीको गए राती निधन भएको छ । लामो समयदेखि बिरामी परि घरमै उपचार गराई रहेका वडा अध्यक्ष चौधरीको गए राती साढे १२ जबेको समयमा निधन भएको हो । उनलाई डाक्टरले पित्तथैलीको क्यान्सरको आशंका गरेको थियो । एक बर्षअघिबाट उनको भारतको हस्पिटलमा उपचार गरिएको थियो । त्यसयता नोबेल अस्पताल विराटनगरमा नियमित उपचार गराईरहेको नेपाली कांग्रेस इटहरीका नगर सभापति हेमकर्ण पौडेलले बताए । उनको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको नगर सभापति पौडेलले बताए । सरल,सालिन र मिजासिला नेताहरुका परिचित चौधरी गरिब जनताका माझ लोकप्रिय रहेको नगरसभापति पौडेलले बताए ।
नेपाली कांग्ैसको तर्फबाट निर्वाचित वडा अध्यक्ष चौधरी नेपाली कांग्रेसको क्षेत्री प्रतिनिधि समेत हुन् । उनि नेपाली कांग्रेसको पूर्व जिल्ला सदस्य समेत भईसकेका नेता हुन् । उनको आज बिहान ९ बजे इटहरीको गंगा जमुना मुक्ति घाटमा परम्परा अनुसार दाहसंस्कार गरिदै छ । चौधरीका २ छोरी १ छोरा र श्रीमति छन् । इटहरी उपमहनगरपालिकाकी उपमेयर लक्ष्मि गौतमले फेसबुक मार्फत चौधरीको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।