इटहरीः अल्फा बिटाले उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया, अमेरिका, बेलायतलगायतका अन्य युरोपियन राष्ट्रमा जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै इटहरीमा लगाएको मेलामा ४ सय भन्दा बढी विद्यार्थी सहभागी भएको जनाएको छ । अल्फा बिटाले असोज १ गते इटहरीमा शैक्षिक परामर्श मेलाको आयोजना गरेको थियो ।
भदौ ३१ गते धरानमा मेला लगाएको संस्थाले आज विराटनगरमा मेला लगाइरहेको छ ।
आज विराटनगरको होटल नमस्कारमा मेलाकोे लागिरहेको इटहरी अल्फा बिटाका सिइओ सुभाष लुइँटेलले जानकारी दिए ।
लुइँटेलका अनुसार मेलामा भिन्न राष्ट्रका प्रतिष्ठित २० भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरूले अस्ट्रेलियाको उच्च शिक्षा, शैक्षिक वातावरण, करियर, तथा नीतिनियमबारे प्रत्यक्ष जानकारी तथा परामर्श दिने छन् । कार्यक्रममा उपस्थित हुनेहरूलाई अल्फा बिटाले ३० देखि शतप्रतिशतसम्म छात्रवृत्ति समेत उपलब्ध गराउने भएको छ ।
बहुराष्ट्रिय रूपमा पठाउने हिसाबले यो कार्यक्रम आयोजना गर्न लागिएकाले मेला अझ बढी फलदायी हुने लुइँटेलले बताए । विभिन्न राष्ट्रहरूमा व्यवस्थापन, नर्सिङ र सूचना प्रविधिसँग सम्बन्धित विषयमा अध्ययन गर्न चाहनेहरूलाई यो राम्रो अवसर हुने उनको भनाइ छ ।
लुइँटेलका अनुासर विद्यार्थीको क्षमताअनुसार कलेज तथा युनिभर्सिटीले मेला स्थलमै विभिन्न छात्रवृत्ति प्रदान गर्नेछन् । मेलामा सहभागी विद्यार्थीहरू अध्ययन गर्न जाँदा आवश्यक पर्ने ऋणको लागि बैंकसँग समन्वय गरिने पनि उनले जानकारी दिए ।
विश्वविद्यालय र कलेजका प्रतिनिधिसँग विद्यार्थी तथा अभिभावकले आफ्ना जिज्ञासालाई लिएर संवाद गर्न सक्ने हुनाले यस्ता मेला विद्यार्थी र अभिभावकको लागि बढी फलदायी हुने उनले बताए । ‘यस्ता मेलाको आकर्षण बढ्नुको मुख्य कारण पनि यही हो’, उनले भने ।