विराटनगरः विराटनगरको मेरिल्याण्ड कलेजमा बिबिएम दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी सेनेटरी प्याड बनाएर त्यसलाई बाँड्दै चेतना जगाउन र सामाजिक काम गर्न अभियान सञ्चालनको तयारीमा जुटेका छन् ।
विद्यार्थीले यसको लागि अभियानै सञ्चालन गरी आफ्नै स्रोतसाधन प्रयोग गरी कलेजमा भेला भएर सेनेटरी प्याड बनाउने गरेका छन् । पहिलो चरणमा सुनसरीको चिमडीस्थित नवदुर्गा स्कुलमा पढिरहेका ७० जना किशोरीलाई उक्त प्याड वितरण गरेको बताइएको छ । रजस्वलाको समयमा स्वास्थ्यमा कसरी ध्यान दिने भनेर जनचेतनामूलक कार्यक्रम गर्ने तयारी गरेको बताइएको छ ।
अभियानकर्मी कृपा श्रेष्ठका अनुसार सेनेटरी प्याड बनाउन प्राविधिक रूपमा विज्ञबाट सल्लाह तथा सुझाव लिइएको छ । प्याड बनाउने काम अन्तिम चरणमा पुगेको र चाँडै छनोट भएको विद्यालयमा प्याड वितरण गरिने उनले बताइन् ।