इटहरीः अल्फा बिटाले उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया, अमेरिका, बेलायत लगायतका अन्य युरोपियन राष्ट्रमा जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै पूर्वका ३ ठूला शहरहरूमा एजुकेसन फेयर गर्ने (शैक्षिक मेला लगाउने) भएको छ ।
उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया लगायत अन्य ठाउँमा जान चाहने विद्यार्थीहरूका लागि भदौ ३१ तथा असोज १ र २ गते पूर्वमा फेयरको आयोजना गर्न लागेको हो ।
विगत लामो समयदेखि शैक्षिक परामर्श दिँदै आएको अल्फा बिटाले भदौ ३१ गते धरानको साधना भवन, असोज १ गते इटहरी बैंक्वेट र असोज २ गते विराटनगरको होटल नमस्कारमा मेलाकोे आयोजना गर्ने इटहरी अल्फा बिटाका सिइओ सुभाष लुइँटेलले जानकारी दिए ।
लुइँटेलका अनुसार फेयरमा भिन्न राष्ट्रका प्रतिष्ठित २० भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरूले अस्ट्रेलियाको उच्च शिक्षा, शैक्षिक वातावरण, करियर, तथा नीतिनियमबारे प्रत्यक्ष जानकारी तथा परामर्श दिने छन् । कार्यक्रममा उपस्थित हुनेहरूलाई अल्फा बिटाले ३० देखि शतप्रतिशतसम्म छात्रवृत्ति समेत उपलब्ध गराउने छ ।
‘अन्य फेयरजस्तो अस्ट्रेलिया केन्द्रितभन्दा पनि हामीले बहुराष्ट्रिय रूपमा पठाउने हिसाबले यो कार्यक्रम आयोजना गर्न लागेका हाँै’ लुइँटेलले भने, ‘विभिन्न राष्ट्रहरूमा व्यवस्थापन, नर्सिङ र सूचना प्रविधिसँग सम्बन्धित विषयमा अध्ययन गर्न चाहनेहरूलाई यो राम्रो अवसर हुनेछ ।’
विद्यार्थीको क्षमताअनुसार कलेज तथा युनिभर्सिटीले मेला स्थलमै विभिन्न छात्रवृत्ति प्रदान गर्न सक्ने छ । साथै फेयरमा सहभागी विद्यार्थीहरू अध्ययन गर्न जाँदा लोनको व्यवस्था गर्न बैंकसँग समन्वय गरेर लोनको व्यवस्था पनि गरिने भएको छ ।
एकै स्थानमा छोटो समयमा विश्वविद्यालय र कलेजका प्रतिनिधिसँग विद्यार्थी तथा अभिभावकले आफ्ना जिज्ञासालाई लिएर संवाद गर्न सक्ने भएकाले विद्यार्थीहरूका लागि फेयर निकै लाभदायी हुने लुइँटेलको भनाइ छ ।