इटहरी । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले इटहरीको राष्ट्रिय माविको चार तले भवनको उद्घाटन गरेका छन् । आज राष्ट्रिय वालदिवसको अवसरमा मन्त्री घिमिरेले उक्त सुविधासम्पन्न भवनको शिलन्यास गरेका हुन ।
जिल्ला शिक्षा कार्यालयको ४९ लाख १८ हजार २ सय ६५ रुपैयाको अनुुदान लागतमा सो भवन निर्माण सम्पन्न भएको विद्यालयले जानकारी दिएको छ । त्यो सँगै उनले अर्को नयाँ भवनको समेत शिलन्यास गरेका छन् ।
राष्ट्रिय मावि प्रदेश १ को नमुुना विद्यालयको रुपमा अघि बढिरहेको छ । विद्यालय प्रशासनले अघिल्लो साल भन्दा २ सय विद्यार्थी बृद्धि भएको जानकारी दिएको छ । ११ सय विद्यार्थी पुुगेको विद्यालयमा निजि विद्यालयबाटसमेत विद्यार्थी आउने गरेका छन् ।
मन्त्री घिमिरेले विद्यालयको प्रगतीको प्रशंसा गरे । उनले प्रदेशको नमुुना विद्यालय रहेको भन्दै यस विद्यालयको शैक्षिक उन्नयनबाट अन्य विद्यालयले पनि पाठक सिक्नुुपर्ने प्रशस्तै आधार रहेको बताए ।
हिजोका कमिकमजोरीलाइ हटाउँदै शिक्षाको नविन आयाम खोजिनुुपर्ने र नयाँढंगले शिक्षातरिकाले शिक्षाको गुुणस्तर बृद्धि गर्न लाग्नुुपर्ने धारणा राखे । विद्यालय सम्म पुुग्ने बाटो असहज भएको महसुश भएको भन्दै बाटो मर्मताका लागि विद्यालयलाइ सहयोग गर्ने मन्त्री घिमिरेले बचन पनि दिए ।
वालदिवसको अवसरमा इटहरी क्षेत्रका नेताहरुले शुुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा यो वर्षको एसईई परीक्षामा उच्च अंक ल्याउने विद्यालयका विद्यार्थी अन्तिम राई, सागर खतिववडा र राज विसीलाइ सम्मान गरिएको थियो ।