विराटचोकः बाल दिवसको अवसर पारी सुन्दरहरैंचाको विराटचोकमा रहेको बालसदन एकेडेमीले विविध कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयले आयोजना गरेको ‘बाल अधिकार र चुनौती’ विषयक वक्तृत्वकलामा जेसिका खनाल पहिलो, ईश्वरा दाहाल दोस्रो अनि सरस्वती चौधरी तेस्रो भएका थिए ।

त्यस्तै एकल नृत्य प्रतियोगितातर्फ जेसिका खनाल पहिलो, बेबिका बर्देवा दोस्रो र अभिषेक तामाङ तेस्रो भएका थिए । विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीलाई विद्यालयका प्रिन्सिपल तथा भाइस प्रिन्सिपलले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा गत वर्षका कक्षागत रुपमा उत्कृष्ट विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो । नर्सरीदेखि १० कक्षासम्मका उत्कृष्ट विद्यार्थी र नियमित विद्यार्थीलाई पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा बाल दिवसको महत्वको बारेमा विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल तथा अन्य शिक्षकहरुले प्रकाश पारेका थिए ।