धरानः धरानमा रहेको यु एन कलेजमा बाल दिवसको अवसर पारी ट्यालेन्ट सो प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा गायनतर्फ रेश्मा थापा पहिलो, समीक्षा लिम्बू दोस्रो र एन्जल राई तेस्रो भएका थिए ।

नृत्यतर्फ सोनी राई पहिलो तथा प्रेरणा गुरुङ दोस्रो भएका थिए । हस्तलेखनमा सोनिया राई पहिलो अनुष्का श्रेष्ठ दोस्रो तथा जानुका राई तेस्रो भएका थिए ।

ट्यालेन्ट शो अन्तर्गत इन्द्रमणि गुरुङले कविता वाचन गरेका थिए । मनिष काफ्लेले हास्यव्यङ्ग्य प्रस्तुत गरेका थिए भने ममता पराजुलीले महिला बेचबिखनसम्बन्धी आफ्नो धारणा प्रस्तुत गरेकी थिइन् ।

विद्यार्थीमा भएका प्रतिभा उजागर गर्न बाल दिवसको अवसर पारी कार्यक्रम आयोजना गरिएको कलेजका प्रिन्सिपल डम्बर तुम्बापोले बताए ।

विद्यार्थीमा भएका विभिन्न प्रतिभा प्रस्फुटन गराउन आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिइने कलेज सञ्चालक समितिका अध्यक्ष ज्ञानेश्वर झाले बताए ।

41673226_270732620234590_614807551761973248_n