इटहरीः इटहरीस्थित पिसजोन आवासीय माविमा बेलायती राजदूतावास काठमाडांै अन्तर्गत रहने ब्रिटिस काउन्सिलले आयोजना गरेको अन्तर्राष्ट्रिय विद्यालय अवार्ड कार्यक्रम हुने भएको छ ।
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको प्रमुख आतिथ्यमा भएको इन्टरनेशनल स्कुल अवार्ड कार्यक्रममा विद्यालयले उक्त विषयको जानकारी दिएको हो ।
कार्यक्रम विद्यालयका प्रिन्सिपल केशवप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा अतिथि तथा इटहरी उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख भुपेन्द्र कोइरालाले सम्बोधन गरेका थिए । त्यस क्रममा उनले शिक्षण सिकाइ प्रक्रियामा परियोजनात्मक शिक्षण विधिको औपचारिक रूपमा पहिलो सफल प्रयोग गरी इटहरी क्षेत्रको इतिहास रच्न सफल पिसजोनलाई बधाइ ज्ञापन गरे ।
कार्यक्रममा सुनसरीका सहायक वन अधिकृत मनराज राई, विद्यालयका निर्देशक विजय पौडेल, विद्यालयका सिनियर इन्चार्ज किरण कोइराला, विद्यालयका निरीक्षक सेमन्त गौतमले मन्तव्य राखेका थिए । त्यसैगरी शिक्षकहरू राजकुमार शाह, शिवलाल सुनार लगायतले आआफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।