विराटचोकः अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन सुन्दरहरैंचाले प्राथमिक विद्यालयस्तरीय ‘स्पेलिङ कन्टेस्ट’ प्रतियोगिता सम्पन्न गरेको छ । विराटचोकमा भएको नगरस्तरीय सो प्रतियोगितामा विराटचोकको स्कलर्स होम सेकेन्डरी स्कुल विजयी भएको छ ।

प्रतियोगितामा द राइजिङ स्कुल विराटचोक दोस्रो र बालसदन एकेडेमी विराटचोकले तेस्रो स्थान हात पारेका छन् । त्यस्तै, सलकपुरको क्वेस्ट सेकेन्डरी स्कुलले सान्त्वना स्थान हात पारेको छ । प्रतियोगिता प्रदेश सभाका सभासद लोकप्रसाद सङ्ग्रौलाको प्रमुख आतिथ्यतामा भएको थियो । प्याब्सनका सुन्दरहरैंचा अध्यक्ष मनोज रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

विजयी ४ वटै विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रमुख अतिथिलगायतका कार्यक्रमका अन्य अतिथिले विजयी विद्यार्थीलाई पुरस्कृत गरेका थिए । प्रतियोगितामा पहिलो र दोस्रो हुने विद्यालयले बाल दिवसको दिन भदौ २९ गते विराटनगरमा हुने जिल्लाव्यापी प्रतियोगितामा भाग लिन पाउने आयोजकले जनाएको छ ।

pabson (1)