धरान: अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन परदेशी बिम्बहरू साहित्यिक वार्षिकको वर्ष ११ अङ्क ११ विमोचन तथा कवि सुनिता राई कन्दङ्वाको कविता सङ्ग्रह एक जुवा घामपुस्तक परिचर्चा कार्यक्रम आज विमल स्मृति पुस्तकालयमा सम्पन्न भएको छ । वरिष्ठ भाषाविद् प्रा डा टङ्कप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा परदेशी बिम्बहरू साहित्यिक वार्षिक पुस्तकमाथी डा रामजी तिमल्सिना र डा इन्दिरा मिश्रले बोल्नेका थिए । एक जुवा घाम कविता सङ्ग्रहमाथी भने प्रा डा भीम खतिवडा र कवि बम देवानले बोले ।
 
कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले कवि सुनिता राई कन्दङ्वाको कवित्व चेतमाथी प्रकाश पार्दै "एक जुवा घाम" शिर्षकको कविता वाचन गरेभने अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहका सचिव बुद्धि तेम्बे माइलाले एक जुवा घाम कविता सङ्ग्रहबाट "देश दुखेको छ" शिर्षकको कविता वाचन गरे । त्यसैगरी सन्तोष थेबे, नवराज मैनाली, विनोद लिङ्खिमलगायतले कविता वाचन गरे।
कार्यक्रममा अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको तर्फबाट दुई जनालाई सम्मान पनि गरिएको थियो । समूहका उपाध्यक्ष तथा परदेशी बिम्बहरू पुस्तकका प्रधान सम्पादक भीम विरही राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विनोद लिङ्खिमको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमलाई बुद्धि तेम्बे माइलाले सन्चालन गरेका थिए ।