विराटनगरः प्राध्यापक डा. गणेश क्षेत्रीद्वारा लिखित पुस्तक ‘ओझेलका यथार्थहरू’ विमोचन गरिएको छ । विराटनगरमा एक कार्यक्रमबीच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पुस्तकको विमोचन गरे ।

सोे पुस्तक प्रगतिशील सांस्कृतिक चेतनाको विकास गराउन कोशेढुङ्गा सावित हुने राईले बताए । ‘फरक दृष्टिकोणबाट लेखिएको पुस्तकको विषयवस्तु अति नै महत्वपूर्ण र सान्दर्भिक छ,’ उनले भने । सचेतनासहितको समाज निर्माणका लागि प्रदेश सरकारले प्रगतिशील एकेडेमी बनाउने पनि राईले जानकारी गराए ।

विमोचन कार्यक्रममा प्राडा बद्रीविशाल पोखरेलले हिन्दू धर्म र संस्कृतिका कतिपय विकृतिका सन्दर्भमा लेखिएको पुस्तक आस, त्रास र बतासबाट मुक्त रहेको बताए । भने, ‘अन्धविश्वासको भासमा फसेर समाजवाद आउँदैन ।’ प्राध्यापक कृष्ण पोखरेलले ‘ओझेलका यथार्थ’ हिन्दू धर्म, संस्कृति, वेद, पुराण, रामायण र महाभारत आदि ग्रन्थहरूको सत्यता बुझाउन लेखिएको दाबी गरे । उनले धर्म र संस्कृतिमा रहेका भय नहटुञ्जेल समाज प्रगतिशील हुन नसक्ने बताए ।

लेखक क्षेत्रीले धर्मसंस्कृतिमा मौलाएको अन्धविश्वासले २ हजार ६ सय वर्षदेखि नै विभाजन आउन थालेको भन्दै वेद शास्त्र जाति व्यवस्थाको ‘म्गानाकार्टा’ भएको भन्दै अथ्र्याए । उनले सत्ता र देउताका बिचौलियाहरूले धर्मसंस्कृतिमा अन्धविश्वास तथा आडम्बर भरेको दाबी गरे ।