इटहरीः आज विश्वभर अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । सन् १९६५ मा युनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रूपमा मनाउने घोषणा गरेको हो । यसपटकको विश्व साक्षरता दिवसका लागि विश्व साक्षरता संस्थाले ‘एउटा डिजिटल संसारमा साक्षरताको महत्व’ (लिट्रेसी इन डिजिटल वल्र्ड) भन्ने नारा तय गरेको छ । यता, नेपालमा राष्ट्रिय साक्षरता दिवस पनि आजै मनाइन्छ । तत्कालीन राजा वीरेन्द्रले वि. सं. २०३१ साल फागुन १२ गते निःशुल्क र अनिवार्य प्राथमिक शिक्षाको घोषणा गरेका थिए । त्यसपछि सोही दिनदेखि राष्ट्रिय साक्षरता दिवस मनाउने गरिएको थियो । गणतन्त्रको स्थापना भएपछि भने अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन यो दिवस मनाउन थालिएको हो ।

विश्व-साक्षरता-दिवस. 1