इटहरीः लायन्स क्लब अफ इटहरी सिटीका अध्यक्ष जीवन पराजुली र लायन्स क्लब अफ तरहराका अध्यक्ष पोषराज नेपालको कार्यसमितिको पदस्थापन अवसरमा २ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको छ ।

बुधबार तरहरामा भएको नयाँ कार्यसमितिको पदस्थापनको अवसरमा नयाँ २ जना अध्यक्षले छात्रवृत्ति प्रदान गरेका हुन् । पराजुलीले कबिर माविकी ज्योति बानियाँ र नेपालले जनसहयोग माविकी समीक्षा ओझालाई व्यक्तिगत रूपमा छात्रवृत्ति प्रदान गरेका हुन् ।

छात्रवृत्ति प्राप्त गर्ने छात्राहरू हाल कक्षा ६ मा अध्ययनरत छन् । उनिहरूकाे कक्षा १० सम्म लाग्ने सम्पुर्ण पढाइ खर्च बेहाेर्ने उल्लेख गरिएकाे छ ।

कार्यक्रममा इटहरी सिटी वर्ष २०१७/१८ का अध्यक्ष राजन सुवेदी र तरहराका संस्थापक अध्यक्ष मणिराम श्रेष्ठले पराजुली र नेपाल लगायतका टिमलाई पद हस्तान्तरण गरेका हुन् ।

40797667_2206932352876315_4748716400250454016_n

कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब नेपालका गभर्नर अनन्तप्रसाद भेटवाल रहेका थिए । तरहरामा १५ जनाको र इटहरीमा ३० जनाको कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुने बताइएको छ ।

कार्यक्रममा बोल्दै लायन्स क्लब अफ इटहरीका अध्यक्ष पराजुलीले क्लबलाई अझै सशक्त बनाउन निरन्तर सामाजिक काममा व्यस्त रहने बताए ।

40917417_320581531824592_1358805061202870272_n