ढुंगाको भीरमा पथ्थरको शिरमा फूलैफूल देखिन्छ 
फूलबारीभित्र याक, अनि चौंरी भेडी हुल देखिन्छ ।
डाँडाको टुप्पो क्षणभरमै छेक्छ हुस्सु र कुहिरोले 
कुहिरो बीचमा बाटो देखाउँदै बुद्ध टोल देखिन्छ
दूधका धारा झरेझैँ लाग्छ ढुङ्गाका पाखामा 
धर्मद्वार डाँडा ससाना कुला कुलकुल देखिन्छ
चौतारी छिरुवा छोडेर बायाँ लागेका यात्रीले 
देख्दैनन् खोला सुसाउँदै छिर्छ बाटे पुल देखिन्छ
(२०७६ साल साउन २० गतेदेखि ३० गतेसम्म हुन लागेको सभापोखरी धार्मिक पर्यटकीय मेलाको प्रवद्र्धनार्थ)
                    
        
        
                            
                                                            
        



















