पानी गयो समुद्रसम्म तर बगरले बिर्सदै बिर्सिएन
जसरि परको भिरलाई त्यो खरले बिर्सदै बिर्सिएन

जानेहरु त जान्छन् मुटु बिझाउने यादहरु छाडेर
बिताएका मीठा पलहरु नजरले बिर्सदै बिर्सिएन

परदेशीको पैतालाको छाप अझै ताजै छ छातीमा
जाने ले त कहिले सम्झेन घरले बिर्सदै बिर्सिएन

पैसाले बुवाको गोजिमा अाउने बाटो बिर्सिसक्यो
छोरालाई नयाँ नाना लाउने रहरले बिर्सदै बिर्सिएन

हरेक रातसँगै गुमनाम सन्तानलाई बिर्सिन्छ मनले
एकाबिहानै सूर्यले ल्याउने खबरले बिर्सदै बिर्सिएन