किन बिर्सन्छन्? प्रेममाकर्तव्य मानिसहरू
हिँड्दा हिँड्दै बिराउँछन्गन्तव्यमानिसहरू

खहरे उर्लन्छ के के न गर्छु भनी वर्षामामात्रै
सागर झैँ धीर हुन्छन् अक्सर सभ्यमानिसहरू

मुटु सबैको आखिर एउटै आकारको त हुन्छ
कठोर कसरी पो हुन्छन्, तीमध्ये मानिसहरू

हात्तीको चपाउने र देखाउने दाँत बेग्लै हुन्छ
घातीकै सुन्छन्ध्यानले, वक्तव्यमानिसहरू

कसरी दिनु माफी? प्रेममाधोकादिनेहरूलाई
गर्ने बेलामागर्छन् अपराधअक्षम्यमानिसहरू

सस्तो भयो सम्बन्ध, एउटाछुटयो अर्कोसँग
मिलाउनथालिहाल्छन्, तारतम्यमानिसहरू