आऊआज म सम्पूर्णको हिसाबचुक्तागर्नेछु,
फिर्तागर्नेछुसांसारिक विनिमयहरू ।

फिर्ताको यो मौसममा
आफ्नो भागखोज्नआऊ
किनकि
मलाई सबै कुरा फिर्ता गर्नुछ ।

केहीनिःशब्दपलहरूलाई शब्दहरूले फिर्ता गर्नेछु
मौनताले फिर्ता गर्नेछु शब्दहरूलाई
केहीघातफिर्ता गर्न मन लागेकोछ
केहीआशाहरूफिर्ता गर्न मन लागेकोछ ।

फिर्तैफिर्ताको एक अनन्तशृङ्खलाचलाई
घडीको सुईलाई फिर्ता घुमाई
जहाँबाटआएँत्यहाँफिर्ता हुनचाहन्छु ।
मजहाँथिएँत्यहाँफिर्ता हुनचाहन्छु ।
जन्मिँदाको पहिलो रुवाई फिर्ता
फेरिएको पहिलो स्वास फिर्ता
भु्रणअवस्थामा रहँदाको
आमाको एक्स क्रोमोजोम उनैलाई फिर्ता
बाबुको वाई क्रोमोजोम उनैलाई फिर्ता ।

फिर्तै फिर्ताको एक यस्तो चक्रचलाउँकि
चक्र नै फिर्ता होस्
समय नै फिर्ता होस्
जहाँ न प्राप्तिहोस् न फिर्ता होस्

फिर्ताको त्यो बिन्दु जहाँबिन्दु फिर्ता होस्
जहाँशून्यशून्यहोस्
मपुनःत्यो शून्यमापुग्नचाहन्छु

आऊआज म सम्पूर्णको हिसाबचुक्तागर्नेछु
फिर्तागर्नेछुसांसारिक विनिमयहरू
फिर्ताको यो मौसममा
आफ्नो भागखोज्नआऊ
किनकि
मलाई सबै कुरा फिर्ता गर्नुछ ।
केहीआँशुहरू
केही मुस्कानहरू
अनि
हुनुछ आफैंफिर्ता।