न हतियारले मिल्छ न अधिकारले मिल्छ
दिलमा कब्जा त बस् प्यारले मिल्छ

केही गर्नु पर्दैन शत्रुलाई दुःखी बनाउन
यो त केवल मुस्कानको एक प्रहारले मिल्छ

अँधेरीसँग लड्छ रात उसलाई थाहा छ
फर्केर आउँछ सूर्य इन्तजारले मिल्छ

तिमी के खोज्छौ त्यही पाउँछौ मबाट
यो सब कुरा तिम्रो व्यवहारले मिल्छ ।।