पथरीः साहित्य, कला र संस्कृतिको संरक्षण र विकास गर्ने उद्देश्यले पहिलो पटक पथरीमा कला, साहित्य उत्सव हुने भएको छ ।

‘प्रथम पथरीशनिश्चरे कला, साहित्य उत्सव २०७६’ आयोजना नाम दिइएको सो महोत्सवमा नगरबाट उत्पादित कलाकारबाट नृत्य र गीत प्रस्तुत हुने भएको हो । त्यस्तै, जातीय झाँकी, चित्रकला, मूर्तिकला प्रदर्शनी तथा मोरङ जिल्लाको साहित्य बारे कार्यपत्र प्रस्तुत हुने आयोजकको भनाइ छ ।

पथरी शनिश्चरे नगरपालिका अन्तर्गत गठित कला साहित्य प्रवद्र्धन समितिको मुख्य आयोजना र ‘एभरेष्ट आर्ट फ्युन’को सहआयोजनामा जेठ १७ र १८ गते कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक अमिर राईले बताए । कार्यक्रमको अनुमानित लागत ३ लाख रुपैयाँ हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।