उज्यालाले छुनुपर्छ अब हाम्रा बाटाहरु
यो देशले चुम्नुपर्छ उन्नतिका पाटाहरु

अँध्यारामा धेरै बस्यौं अब बत्ती बाल्नुपर्छ
मर्ने मार्ने खेल रोकी काम गर्न थाल्नुपर्छ
भाइचाराले धुनुपर्छ रगतका टाटाहरु
मानवताले पुर्नुपर्छ बल्झिएका खाटाहरु
उज्यालाले .........

कोही खाने, कोही हेर्ने यस्तो भेद हट्नुपर्छ
सबै जात, भाषा धर्म मिलिजुली अट्नुपर्छ
समानताले छोप्नुपर्छ बेमेलका घाटाहरु
सचेतनले जुट्नुपर्छ सोझा सिधा लाटाहरु

उज्यालाले छुनुपर्छ अब हाम्रा बाटाहरु
यो देशले चुम्नुपर्छ उन्नतिका पाटाहरु