आमाको काखले फेरि पाउँछ पाउँदैन थाहा छैन ।
स्कुल गा’को छोरो आउँछ आउँदैन थाहा छैन ।।

बहिनीले सयपत्री, मखमली उनिसकिन्
परदेशीले गला ल्याउँछ ल्याउँदैन थाहा छैन ।।

पागलप्रेमी भट्टी छि¥यो प्रेमिकालाई भुल्छु भन्दै
भट्टीले याद भुलाउँछ भुलाउँदैन थाहा छैन ।।

जन्मिँदा कर, मर्दा नि कर, पढाइसक्यो सरकारले
बाँच्ने कला पढाउँछ पढाउँदैन थाहा छैन ।

गत वर्ष घर र खेत दुवै बगायो बाढीले
यो वर्ष दुःख बगाउँछ बगाउँदैन थाहा छैन ।