जुन किताबमा मिठा कथा हुन्छन्
उसैका हरेक पन्ना जुठा हुन्छन्

तिमी जाऊ मन्दिर हामी जाँदैनौँ
हाम्रो खाने चामलमै ढुङ्गा हुन्छन्

मानवता अट्दैन त्यो बेग्लै कुरा
हुन त हरेक मुटुमा कोठा हुन्छन्

कोही मेरा साथीहरूको ठेगाना देऊ
दुःखको बेला उनीहरू कता हुन्छन् ?

चङ्गा बन्नू माथि पुगिन्छ भन्छौ
मेरा सपना भने जहिल्यै चरा हुन्छन् ।