तेह्रथुम: तेह्रथुमको छथर गाउँपालिका क्षेत्रका साहित्य सर्जक तथा अभियान्ताहरुले प्रकाशन गरेको छथर आवाज लोकार्पण भएको छ। छथर साहित्यिक समाज शुक्रबारे तेह्रथुमले प्रकाशन गरेको पत्रीका आज दिउँसो साढे २ बजे गाउँपालिकाको सभाहलमा लोकार्पण भएको हो।

प्रसिद्ध भाषाबिद प्राध्यापक डाक्टर टंक न्यौपाने, गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बू (सन्तोष तिगेला), गाउँपालिका उपाध्यक्ष तारा ढकाल , प्राध्यापक देवी पन्थी लगायत अतिथिले सामुहिक रूपमा पत्रीकाको लोकार्पण गरेका हुन । छथर र तेह्रथुमसग जोडिएका सर्जकहरुका कविता,कथा, समालोचना, आलेख आदि समेटिएको कार्यकारी सम्पादक रोसन यात्रीले जानकारी दिए। प्राध्यापक डाक्टर अभि सुवेदी, प्राध्यापक डाक्टर टंक न्यौपाने, कवि मिश्र बैजयन्ती, देवि पथी लगायतका ४६ सर्जकका सृजनाहरु पत्रीकामा रहेको यात्रीले बताए।

बिगत १६ बर्ष देखि साहित्य क्षेत्रमा सक्रिय छथर साहित्यिक समाजले गाउँपालिकाको सहयोगमा पत्रीका प्रकाशन गरेको समाजका अध्यक्ष दिनेश थापा "बेगारी"ले बताए। आगामी दिनमा गाउँपालिकासगको सहकार्यमा भाषा, साहित्य, कला र संस्कृतीका क्षेत्रमा थप काम गर्दैजाने सम्पादक मन्डल कि सदस्य तथा समाजकि उपाध्यक्ष निर्मला खनाल खतिवडाले जानकारी दिइन।

59717725_375068829771862_5477338094275395584_n