इटहरीः विश्व रङ्गमञ्च दिवसको अवसरमा इटहरी कलालयले शुभकामना आदानप्रदान गरेको छ । इटहरी क्षेत्रका विभिन्न पेशामा आबद्ध व्यक्तिलाई आमन्त्रण गरेर विश्व रङ्गमञ्च दिवसको सम्झना गरिएको हो ।

कवि एवम कलालयका अभिभावक समेत रहेका कवि मनु मञ्जिलले सिर्जनशील बन्नुपर्ने बताए । कला, साहित्य क्षेत्रको सिर्जनामा रहेको व्यक्तिलाई समाजमा हेर्ने दृष्टिकोण नै अलग रहेको भन्दै निरन्तरको साधनामा जुट्न आग्रह गरे । सङ्गीतकर्मी राजुु केसीले नाट्य क्षेत्र एकेडेमिक रूपमा विकास हुनुपर्नेमा जोड दिए । सरकार पक्षले नाट्य क्षेत्रलाई हेर्ने दृटिकोण अलग रहेको भन्दै यसमा सरकारी पक्षले विशेष ध्यान दिनुपर्ने बताए ।

इटहरी कलालयका अध्यक्ष सोनु जयन्तीले हरेक साल विश्व रङ्गमञ्च दिवसको अवसरमा नाटक तयार पर्ने बताए । विगतमा सामान्य छलफल र भेटघाट गरेर विश्व रङ्गमञ्च दिवस मनाए पनि आउने दिनमा नाटक नै तयार गरेर मञ्चन गर्ने तयारीमा लागेको बताए ।

त्यस्तै, कलालयको नियमित प्रस्तुति स्कुल थिएटरको आउने संस्करणलाई विशेष बनाउने योजना रहेको सुनाए । ‘हामीले अरु बेला विद्यालयलाई स्कुल थिएटरमा ल्याउने गथ्र्यौ‘ उनले भने, ‘यो पटक हाम्रा कलाकार विद्यालयसम्म पुुगेर त्यहीँको परिवेश अनुसारको नाटक तयार पार्छन् ।’

कार्यक्रममा कवि देवान किराती, रङ्गकर्मी प्रज्ज्वल पराजुली तथा कलालयका विद्यार्थीलगायतले बोलेका थिए । विद्यार्थीले हरेक साल स्तरीय नाटक प्रस्तुत गर्ते प्रतिबद्धता व्यक्त गरेका छन् ।