धरानः नेपाल भूमिहीन सुकुम्बासी सङ्गठन रामधुनी नगर कमिटी गठन भएको छ ।

सङ्गठनका १ नम्बर प्रदेश कमिटीका अध्यक्ष नरेन्द्रप्रसाद राईको प्रमुख आतिथ्य तथा नेकपा सुनसरीका नेता नन्दबहादुर बस्नेतको उपस्थितिमा सङ्गठनको नगर कमिटी गठन भएको हो ।

हेमराज कार्कीको अध्यक्षतामा गठन भएको कमिटीमा शैकन्द्र राई सचिव रहेका छन् । सदस्यहरूमा वीरबहादुर राई, चन्द्रमान उराव, मानबहादुर बिक, कुमारलाल मोची रहेका छन् । त्यसैगरी, सदस्यहरूमै चन्द्रेश्वर ठाकुर, चुन्नी उराव, कमला मोची, भूपध्वज बस्नेत, गीता चौधरी, कमला मोची, दिलकुमारी लिम्बू, रिना माझी र तारा चौधरी रहेका छन् ।

सङ्गठनका प्रदेश कमिटी अध्यक्ष नरेन्द्र राईका अनुसार अहिले प्रदेशभर सङ्गठन निर्माणको कार्य तीव्र रूपमा बढाइएको छ ।