फाइल तस्बिर
धरानः धरान–८ स्थित अरुण टोलमा रहेको तिन ढ्वाङेमा रहेको सुकुम्बासी बस्तीमा आगलागी भएको छ ।
आगलागी कहाँबाट कसरी शुरु भयो भन्ने खुलेको छैन । आगो निन्त्रणमा नेपाल प्रहरी, स्थानीयवासीसहित धरान उपमहानगरपालिकाका २ वटा दमकल परिचालन गरिएको छ । आगलागी नियन्त्रणको क्रम चलिरहेकाले क्षतिको विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ ।