झापाः झापाको मेचीनगर नगरपालिका कार्यालयमा आउने सेवाग्राहीको हितलाई ध्यानमा राखेर कार्यालयलाई ‘फ्रि वाइफाइ जोन’ घोषणा गरिएको छ ।

मेचीनगर नगरपालिका कार्यालय परिसर भित्र सेवाग्राहीलाई सेवा आदानप्रदान गर्न अझ सहज बनाउन मेचीनगर नगरपालिकाले निःशुल्क वाइफाइ सञ्चालनमा ल्याएको कार्यालयका सूचना प्रविधि अधिकृत अशोककुमार भेटवालले बताए ।

मेचीनगर नगरपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ यसअघि नगरका विभिन्न ठाउँलाई निःशुल्क वाइफाइ क्षेत्र घोषणा गरिएको छ । मानिसको अत्यधिक भीडभाड हुने ठाउँ, बसपार्कलगायतका क्षेत्रमा हरेक नगरवासीलाई प्रविधिको पहुँचसम्म पु¥याउने उद्देश्यका साथ यो अभियान शुरु गरिएको हो ।

एक साताभित्रमा नगरका विभिन्न क्षेत्रलाई निःशुल्क वाइफाइ क्षेत्र घोषणा गर्ने उद्देश्यका साथ काम भइरहेको बताइएको छ ।