बेलबार / नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मङ्गलबार आयोजना गरेको नेपाल बन्दका कारण बिहानैदेखि मोरङको जनजीवन प्रभावित भएको छ । छिटपुट बाहेक सवारीका साधन चलेका छैनन् ।

बन्दलाई सफल पार्न अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, अखिल नेपाल महिला संघ क्रान्तिकारी, अखिल नेपाल किसान सङ्गठन (क्रान्तिकारी), अनेरास्ववियु (क्रान्तिकारी), राष्ट्रिय बुद्धिजीवि सङ्गठनलगायतका भातृ सङ्गठनले संयुक्त विज्ञप्ति जारी गरी बन्दको समर्थन गरेका छन् ।
सरकारले पार्टीका सयौं नेताकार्यकर्तालाई गिरफ्तार गरी शारीरिक तथा मानसिक यातना दिएकाले त्यस्तो कार्यप्रति आपत्ति जनाउँदै उनीहरूको बिनाशर्त रिहाइको माग गरिएको छ ।