धरानः धरानमा रहेर साहित्य साधनामा तल्लीन वेणुप्रसाद आचार्यको आज बिहान साढे ४ बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७७ वर्षको उमेरमा निधन भएको छ ।

सर्वहारा जीवन बिताएका साहित्यकार आचार्य लामो समयदेखि दम रोगबाट पीडित थिए । धरान–१३ निवासी साहित्यकार आचार्यका २ वटा साहित्यिक कृति प्रकाशित छन् ।

एक चोक्टा इतिहास नामक कविता सङ्ग्रह र अर्काे एउटा मुक्तक सङ्ग्रह प्रकाशन गरेका आचार्यका २ छोरा सरोज र मनोज तथा छोरी वन्दना रहेका छन् ।

उनको आजै इटहरीस्थित बुढीगंगा घाटमा दाहसंस्कार गरिने आचार्यको परिवारले जनाएको छ ।