सुनसरी । इटहरीको व्यस्त धरान लाइनमा नयाँ स्वाद र फरक वातावरणसहित वाईल्ड मङकी बिन क्याफे एण्ड रेष्ट्रो सञ्चालनमा आएको छ। इटहरी–६ स्थित नेपाल बैंक लिमिटेड नजिकै रहेको क्याफे शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।
क्याफेको उद्घाटन इटहरी–६ का वडाध्यक्ष दिवस पोखरेल र इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले संयुक्त रूपमा गर्नुभयो। उद्घाटनका क्रममा उहाँहरूले नयाँ व्यवसायले इटहरीको आतिथ्य तथा सेवा क्षेत्रमा थप योगदान पुर्याउने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिनुभयो।
कफी, फास्टफुड र पेय पदार्थलाई मुख्य प्राथमिकतामा राखिएको यस क्याफेमा छिटो, छरितो र गुणस्तरीय सेवा दिने लक्ष्य राखिएको सञ्चालक जीवन अधिकारीले बताउनुभयो। उहाँका अनुसार ग्राहकलाई १० देखि १५ मिनेटभित्र खानेकुरा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
दुईतले भवनमा सञ्चालनमा आएको क्याफेबाट इटहरी चोक आसपासको रमणीय दृश्य हेर्दै बस्न सकिन्छ। शान्त वातावरणमा बस्न चाहने ग्राहकका लागि छुट्टै क्याबिनको सुविधा समेत उपलब्ध छ। मध्यमवर्गीय ग्राहकलाई लक्षित गर्दै उचित मूल्यमा स्वादिलो परिकार र आरामदायी वातावरण दिने उद्देश्यले क्याफे सञ्चालन गरिएको सञ्चालक अधिकारीको भनाइ छ।
उद्घाटनको अवसरमा केही दिनसम्म ग्राहकहरूका लागि विशेष छुटको व्यवस्था गरिएको क्याफेले जनाएको छ।




















