विराटनगरः नेपाली कविता क्षेत्रमा चिनिएको नाम हो कवि बिप्लब ढकाल । उनै ढकालको आज विराटनगरका गजलकार देवी पन्थीले नयाँ ‘न्वारान’ गरिदिएका छन– लालगोपाल सुवेदी ।

हालसालै कविताको कोरियोग्राफि बिषयमा विद्यावारिधि समेत गरेका कवि ढकालसँगको फोटो फेसबुकमा हाल्दै पन्थीले उनलाइ लालगोपाल सुवेदी भनेका हुन् ।
आफ्नो फेसबुक पोस्ट गर्दै पन्थीले लेखेका छन, ‘आज अचानक नेपाली भाषा साहित्यका विद्धान साहित्यकार तथा अन्वेषक मित्र लालगोपाल सुवेदीसँग विराटनगरमा भेट भयो । मैले उहाँलाइ मेरो पुस्तक ‘नेपाली गजलको परिवर्तित स्वरुप’ र ‘पुर्वान्चल दर्पण’को केहि अंक टक्राउने मौका पाएँ ।

फेसबुक प्रतिकृयापछि सच्याए पन्थीले
कवि विप्लब ढकाललाइ लालगोपाल सुवेदी भनेका विराटनगरका पन्थीले फेसबुकमा प्रतिक्रियाहरु आएपछि भने सच्याएका छन । पन्थीको फेसबुकमा कवि बद्रि भिखारी र साहित्यकार नरेन्द्र राज प्रसाइले आश्चर्य हुँदै प्रतिकृया दिएका छन । कवि भिखारीले लेखेका छन, ‘लालगोपाल सुवेदी रे? बिप्लब ढकाल चै खै त?’
प्रसाईले लेखेका छन, ‘लालगोपाल? हजुर । लाल? जस होस । जय जय जय ।’

म लालगोपाल हैन, अमेरिकामा बस्ने कवि हो उहाँः कवि ढकाल
आफ्नो नाममा लालगोपाल सुवेदी भएको थाहा पाएपछि कवि ढकालले आश्चर्य माने । निकै लामो हाँसो पछि प्रदेशपोर्टललाइ प्रतिक्रिया दिँदै कवि ढकालले भने, ‘मेरो लालगोपाल न नाम हो न उपनाम । लालगोपाल सुवेदी एकजना अमेरिकामा हुने कवि चाहि हुनुहुन्छ ।’

टाइप मिस्टेक भएर लालगोपाल लेखिएछः देवी पन्थी
यता सामाजीक संजाललमा चर्चित कवि बिप्लब ढकाललाइ लालगोपाल सुवेदी लेखेको भनेर हास्यपात्र बनेका पन्थीले भने आफ्नो बचाउ गरेका छन । उनले प्रदेश पोर्टलसँग मोबाइलमा कुरा गर्दै भने, ‘मैले टाइप मिस्टेक भएर लालगोपाल लेखेछु । उहाँ बिप्लब ढकाल नै हो । केहि भएको हैन ।’