पथरीः मोरङको पथरीशनिश्चरे नगरपालिकाको उपसमितिको रूपमा गठित ‘भाषा, कला र संस्कृति प्रवद्र्धन समिति’ मातहतमा १३ सदस्यीय ‘भाषा, साहित्य, संस्कृति विभाग’ गठन भएको छ ।

यस अघि प्रवद्र्धन समितिले विभागको संयोजकमा गणेश वाछना राई र सदस्य सचिवमा राजेन्द्र विवशलाई चुनेको थियो । भेलाले बाँकी रहेका सदस्य पदमा कृष्णप्रसाद अधिकारी, भवानीप्रसाद दुलाल, फिपराज बेघा र भूमिप्रसाद पाठकलाई चयन गरेको छ । त्यस्तै, दीपक दियालो, ओमप्रसाद शर्मा, मनोज थापामगर, राधा गौतम, यशोदा राई लिम्बू, सीता राई र निश्चल सुवेदी पनि सदस्यमा चयन भएका छन् ।

विभागले शनिश्चरे चोक, कीर्तिपुर, हसन्दह, पीपलचोक र सोमबारेमा ५ वटा मासिक कार्यक्रम गरेर सिर्जना क्षेत्रको प्रचारात्मक अभियान अघि बढाउने निर्णय भएको विभाग संयोजक गणेश वाछना राईले बताए ।

कार्यक्रममा, प्रवद्र्धन समितिका सचिव रोहित पराई, पथरीशनिश्चरे नगरपालिकाका सूचना संयोजक भुपेन्द्र तिम्सिनालगायत उपस्थित थिए ।