काठमाडौंः स्थानीय उपभोक्ता समूहद्वारा संरक्षित, संवर्द्धिधत र व्यवस्थित तथा नियन्त्रण र उपयोगको रूपमा परिचित सामुदायिक वन विश्वकै अध्ययनको केन्द्र बनेको वन क्षेत्रका जानकार एवं प्राविधिकहरू बताएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको २९ औँ स्थापना दिवसको अवसर काठमाडौंमा आयोजित एक कार्यक्रममा उपस्थित वन क्षेत्रका जानकारहरूले सो कुरा बताएका हुन् । 

सन् १९७० को दशकबाट विधिवत् विस्तारित यस अवधारणाले अपवादबाहेक उल्लेख्य प्रगति गरेको उनीहरूले दाबी गरेका हुन् । ग्रामीण समुदायका लागि स्थानीय समुदायको प्रत्यक्ष सहभागितामा सञ्चालित यस कार्यक्रम क्षेत्रीय सहभागिताको नमुना बनेको एवं वन स्रोतको दिगो व्यवस्थापन गर्दै वन फडानी रोक्न, स्थानीयलाई वनप्रति अपनत्व बोध गराउन यस अवधारणा सफल भएको कार्यक्रममा बोल्दै विभिन्न व्यक्तिहरूले बताएका हुन् । 

787ae7ec-d817-4de8-b90d-69bbeb065288

कार्यक्रमको प्रमुख अध्यक्ष समेत रहेका वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले सामुदायिक वनले देशको नाम विश्वमाझ चिनाउने काम गरेको बताउँदै सामुदायिक वनलाई २९ औँ स्थापना दिवसको शुभकामना समेत दिए । मन्त्री शाहले  वनक्षेत्रमा सुधार, विकास र सम्भार तथा प्रवर्द्धन गरि ग्रामीण तथा सामुदायिक विकास, सहभागितामूलक कार्यक्रम, वन विकास र उत्पादन उपभोगमा स्वतन्त्रता, दिगो वन व्यवस्थापन र जैविक विविधीकरण संरक्षणतर्फ सामुदायिक वन कार्यक्रम सबल देखिएको बताए । मन्त्री साहले आफूले कार्यभार सम्हालेसँगै सामुदायिक वनमा देखिएको शिथिलता चिर्ने काम भएको र सामुदायिक वनको आर्थिक समस्या हल गर्ने दिशामा मन्त्रालय अगाडि बढेको समेत बताए । 

यसैगरी, वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले सामुदायिक वन कार्यक्रममा विश्वमाझ प्रशंसित रहेको बताउँदै जनसहभागिता, हिस्सेदारी, सामुदायिक विकास, गरिबी निवारण, गरिबको पहुँच, वातावरण संरक्षण जस्ता आयामहरूमा सामुदायिक वनको महत्त्वपूर्ण योगदान रहेको बताए ।

1eb03682-c5e0-4bca-96d0-bae04b526754

कार्यक्रममा बोल्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक सिन्धु ढुङ्गानाले डेढ करोड भन्दा बढी जनता आबद्ध भएको यस संस्था समुदायकै हितका लागि अग्रसर भएको खुसी व्यक्त गरे । ढुङ्गानाले विज्ञ भनेको सामुदायिक वनमा आबद्ध जनता रहेकाले उनीहरूको अधिकार, र हकहित सुनिश्चितताको दिशामा अग्रसर हुँदै विश्वमाझ यस कार्यक्रमलाई प्रभावकारी बनाउन अपिल समेत गरे । 

यसैगरी, रेड कार्यान्वयनका प्रमुख नवराज पुडासैनीले सामुदायिक वन उपभोक्ताहरूबाट अनुमोदित संस्था भएको बताउँदै यसले गर्दै आइरहेको  सामुदायिक अधिकारको  पैरवी लोभलाग्दो रहेको बताए । उनले सामुदायिक वनको नीतिगत तहसँग राम्रो सम्बन्ध रहेको समेत उल्लेख गरे । 

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घका अध्यक्ष राजेन्द्र अर्यालले सामुदायिक वन विश्वकै अध्ययनको केन्द्र बनेको तथा प्राकृतिक स्रोतमा काम गर्ने अन्य महासङ्घको लागि सिकाई थलो बनेको बताए । अर्यालले नीतिगत तथा कानून निर्माणमा सरकार बाधक नबनोस् भन्दै सामुदायिक वनले शतक महोत्सव समेत मनाउन सकोस् भनि शुभकामना व्यक्त गरे । 

7c3a30ee-690b-4f0a-a0cc-1f5ba9b42c64

यस्तै, नेपाल वन  पैदावार महांसघका अध्यक्ष दिनेश राज रेग्मीले २०५२  सालदेखि सामुदायिक वन कार्यक्रम वनको क्षेत्रमा सुधार ल्याउँदै ग्रामीण जीविकोपार्जनका लागि समेत सशक्त र प्रभावकारी भूमिका निर्वाह गरेको एवं नेपालको वन क्षेत्रलाई ४५ प्रतिशत पु¥याउन महत्त्वपूर्ण योगदान रहेको बताए । 

यसैगरी, राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलायन्स)का विदुर सुवेदीले सामुदायिक अधिकार सुनिश्चितताको विषयमा सामुदायिक वनको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले यस कार्यक्रमबाट मानव अधिकारको क्षेत्रमा काम गर्ने आफूहरूलाई समेत सिकाई अवसर प्रदान भएको बताए । नेपालको कुनै पनि राजनीतिक दलको मतदाता भन्दा बढी जनता आबद्ध रहेको यस कार्यक्रम जनसमुदायलाई प्राकृतिक स्रोत व्यवस्थापन एवं संरक्षणसँग जोड्ने महाअभियान समेत भएको उनले बताए । “२९ औँ वर्षले राष्ट्रिय–अन्तराष्ट्रिय स्तरमा प्रभाव पारेको छ भने नेपाल सामुदायिक वनको देश हो भनेर प्रचारप्रसार हुन् सकेको छ, जुन सुखद कुरा हो”, उनले भने । 

f1622815-24c2-4314-878b-c4129b6675c0

राष्ट्रिय कृषक समूह महासङ्घका अध्यक्ष पन्चकाजी श्रेष्ठले यस संस्था विश्वविद्यालयको रूपमा स्थापित भएको बताए । उनले सामुदायिक वन वन, जडीबुटी, जल, जमिन, खानी लगायतका विषयमा अध्ययनका लागि खुला विश्वविद्यालय भएको बताउँदै सामुदायिक वनसँग कृषि विश्वविद्यालय लगायतले सहकार्य गर्नुपर्ने आवश्यकता समेत औँल्याएँ ।  उनले सामुदायिक वन अझ सङ्गठित भएर अधिकार विस्तार एवं वृद्धिको दिशामा अग्रसर होस् भन्ने सदिच्छा समेत व्यक्त गरे । 

हिमवन्ति नेपालका उपाध्यक्ष आरती श्रेष्ठले विभिन्न समस्या र लडाई लड्दै यस अवस्थामा आइपुग्न सफल भएकोमा महासंघलाई बधाई दिँदै महिला सहभागिता क्षेत्रमा समेत सामुदायिक वन विश्व प्रशंसीत रहेको बताइन् । बिरुवा हुर्काउने काममा महिलाहरुको सक्रिय योगदान रहेको तथा सामुदायिक वन हरियाली बनाउने अभियानमा महिला दिदीबहिनी जोडिनु नै आजको वनको हराभराको महत्वपूर्ण पक्ष रहेको बताइन् ।

2208a63a-50ea-4d13-a3e7-04f85632b576

यसैगरी, पारिवारिक निजी वनका उपाध्यक्ष सुशीला खतिवडाले अधिकांश सामुदायिक वनका उपभोक्ता समितिमा ५० प्रतिशत महिला सहभागिता रहनु र यस संस्थाले गरेको अन्य गतिविधि लोभलाग्दो रहेको बताइन् । 

एनजिओ फेडेरेसनकी सचिव लक्ष्मी कार्कीले जलवायू विपद्, जलवायु जोखिम लगायतका क्षेत्रमा सामुदायिक वनसँग जोडिएर काम गर्न सकेकोमा खुसी व्यक्त गरिन् । कार्कीले महिला सहभागितालाई ५० प्रतिशत पु¥याएर विश्व प्रशंसित भएको सामुदायिक वनलाई यसलाई नघटाई अझ बढाएर लैजान आग्रह समेत गरिन् । 

यस्तै, सामुदायिक सूचना नेटवर्क (सिआइएन) का  प्रमुख दीपक आचार्यले समुदायले सामुदायिक वनसँग ठुलो आशा राखेको बताउँदै सामुदायिक वनलाई थप गम्भीर र जिम्मेवार बन्न आग्रह गरे । उनले वन, वातावरण, प्रकृति एवं कृषि लगायतका सबै क्षेत्रमा समीक्षा गर्नुपर्ने तथा श्वास, खाना, जलवायू, वातावरणदेखि दैनन्दिन प्रयोगमा आउने सबै क्षेत्र जोखिमपूर्ण रहेको तथ्याङ्क आइरहेकाले यसको पैरवीतर्फ सामुदायिक वन अग्रसर हुनुपर्ने औँल्याएँ । आचार्यले राष्ट्रिय प्रकोपको रूपमा हरेक वर्ष दोहोरिएको वन डढेलोको कारण वन जोगाउन नहुने रहेछ भन्ने सामुदायिक मनोभावना विकसित हुन् गएकाले यसप्रति महासङ्घ गम्भीर हुन् आग्रह समेत गरे ।

9cb8a38a-6911-4566-af1d-42b72b78bbe9

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. नेत्र तिमिल्सिनाले सामुदायिक वन सामाजिक न्यायको आन्दोलन रहेको बताए । उनले सामुदायिक वनको व्यापकता, घरधुरी आदि हेर्दा यसको अधिकार खोसिने सम्भावना नरहेको बताउँदै सामाजिक न्यायको आन्दोलन अझ उन्नत स्तरमा तथा समृद्धिको बाटोतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए । 

यसैगरी, काठमाडौ वनविज्ञान कलेजका डा. अम्बिका प्रसाद गौतमले विकसित देशलाई समेत सामुदायिक वनले मार्गनिर्देशन गरेको बताए । उनले सफलतापूर्वक नेतृत्वदायी भूमिका निर्वाह गरेर उपभोक्ताहरूमाझ समन्वयकारी भूमिका खेल्न सकेकोमा सामुदायिक वनको प्रशंसा समेत गरे । डा. गौतमले सामुदायिक वनमा एकोहोरो उपभोक्ताको लगानी मात्रै भएको तर आर्थिक प्रगति हुन् नसकेको चिन्ता समेत व्यक्त गरे । 

d1542f85-5121-45af-a591-3c0cfe1c9751

सामुदायिक वन उपभोक्ता महासङ्घको पूर्वअध्यक्ष एवं वन क्षेत्रका विज्ञ घनश्याम पाण्डेले सामुदायिक वनमा दुई जनता पूर्व अध्यक्षहरू राज्यको नीतिनिर्माण तहको प्रभावकारी पदमा पुगेको बताउँदै सामुदायिक वनले हालसम्म प्राप्त गरेको उपलब्धि र गौरवलाई आगामी दिनमा संस्थागत गर्दै लैजानुपर्नेमा जोड दिए । उनले एक सामुदायिक वन, एक उद्यमको लागि पहलकदमी थालिनुपर्ने बताए । 

14298909-db95-40b7-8f03-1f8b07593ff6

यसैगरी, सामुदायिक वनमा संस्थापक अध्यक्ष हरि प्रसाद न्यौपानेले सामुदायिक वन कृषि पेशामा आबद्ध जनताहरूको समूह भएकाले प्रथाजनित अभ्यासलाई संस्थागत गर्दै लैजान सकेमा विश्वमाझ यसको छवि अझ उज्यालो हुने बताए । 

वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीको प्रमुख आतिथ्य र महासङ्घका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीको अध्यक्षतामा भएको स्थापना दिवस कार्यक्रम सम्पन्न भएको हो । महासंघकी केन्द्रीय महासचिव पार्वता गौतमले कार्यक्रमको सहजीकरण गरेकी थिइन्  ।

b9361fac-45ac-4353-bb2f-7b4d0f4128f3

सामुदायिक वनका पदाधिकारी, सदस्य तथा उपभोक्ताहरू, जिल्ला महासङ्घ र स्थानीय महासङ्घका प्रतिनिधिहरू, वन पैदावार व्यवसायीहरू र सरोकारवाला निकायको सहभागितामा भएको कार्यक्रममा १५० भन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा वन जोगाउन योगदान दिने बिभिन्न जिल्लाका अध्यक्ष लगायत ३ सयबढीलाई सम्मान गरिएको थियो । कार्यक्रममा महासंघको केन्द्रिय कार्यालयमा पाँच बर्षदेखि कार्यरत दुई कर्मचारीलाई सम्मान र पुरस्कृत गरिएको थियो । 

12b5a312-4e7d-4a82-9e5c-e04b9c6e5c8d