धरानः आगामी ११ फागुनदेखि सुरु हुने ‘धरान एक्स्पो–२०८०’ का लागि स्टल बुकिङ खुला गरिएको छ । धरानको रङ्गशाला परिसरमा आयोजना हुने एक्स्पोका लागि स्टल बुकिङ खुला गरिएको आयोजक सुनसरी उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।

मुलुकको विद्यमान आर्थिक शिथिलतालाई चलायमान बनाउने उद्देश्यसहित वाणिज्य संघले एक्स्पो आयोजना गर्न लागेको हो । धरानका स्वदेशी उत्पादनहरूसहित कृषि, पर्यटन लगायत अन्य सम्भावित क्षेत्रहरूको प्रवद्र्धन एवं विकासमा जोड दिनुका साथै यस क्षेत्रका आर्थिक गतिविधिहरूलाई गतिशील बनाउने उद्देश्य रहेको संघका अध्यक्ष विजय श्रेष्ठले बताए । उनले भने,‘धरान एक्स्पोले धरानको व्यापारी, व्यवसायी, स्थानिय उद्यमीमा नयाँ उत्साह र उपभोक्ता बजारमा चहल पहल ल्याउने हामीले विश्वास गरेका छौँ ।’

425003696_122099748830204188_2272791534349582728_n

एक्स्पो विशेष रूपमा धरानको स्थानिय उत्पादन, कृषि सामाग्री बेसार, कालो बङ्गुर, तिनपाने, अदुवा, अम्लिसोलाई प्रवर्द्धन गर्दै स्थानिय आर्थिक गतिविधि बढाउन आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए । यस पटकको मेलामा डोम हेंगरमा निर्मित करिब १५० स्टलहरु रहने छन् । डोम भित्र संवेदनशील वस्तुहरूको करिब १०० वटा स्टल हुनेछन् । बाहिर थप अन्य स्टलहरू हुनेछन् ।

मेलामा दर्शकहरुरूलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय कलाकारहरूबाट सांगीतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरू रहेको आयोजकले जनाएको छ । त्यसको लागि एक्स्पो समय बिहान देखि साँझ ४ बजे सम्म प्रवेश निःशुल्क रहने तर साँझ ५ बजे देखि प्रवेश टिकट १०० देखि २०० रुपैयाँ सम्म लाग्नेछ । एक्स्पो २३ फागुनसम्म सञ्चालन हुनेछ ।