इटहरीः भारतमा हुने कलिङ्ग साहित्य महोत्सवमा ६ जना नेपाली लेखक वक्ताको रुपमा सहभागी हुने भएका छन् । नेपाली लेखक तथा संस्कृतिविद डा. बीणा पौड्यालले प्रतिष्ठित कलिंगा अन्तर्राष्ट्रिय साहित्य पुरस्कार प्राप्त गर्ने छिन् ।

वार्षिक रुपमा मनाउंदै आएको  कलिंगा साहित्य महोत्सव (केएलएफ) फेबु्रअरी ९ देखि ११  (२६ माघ –२८ माघ) उडिसा राज्यको भुवनेश्वर स्वस्ति प्रिमियम होटलमा सञ्चालन हुने भएको छ । आफ्नो दशौं वर्ष मनाउँदै, महोत्सवले जीवनका सबै क्षेत्रका लेखकहरू, वक्ताहरू, विचारकहरू र मानवतावादी, संगीतकर्मीहरुको  अनुभूतीलाई प्रदर्शन गर्नेछ ।

भारतमा हुने उक्त कलिङ्ग साहित्य महोत्सवमा  नेपाली संस्कृतिविद तथा प्रा.डा. बीणा पौड्याल  अतिथि तथा वक्ताको रुपमा सहभागी हुनेछिन् । महोत्सवमा प्रख्यात विद्वान, पूर्वअन्तर्राष्ट्रिय निजामती कर्मचारी, कूटनीतिज्ञ विश्व पराजुली, लेखिका कल्पना पराजुली, साहित्यकार  रञ्जना निरौला, लेखक  सुमित शर्मा समीर, लेखक  तथा कलाकार  सम्पदा मल्ल वक्ताका रुपमा  रहने छन्   ।