धनकुटाः चैत २२ गतेबाट साहित्यकार झमककुमारी घिमिरेको जीवनीमा आधारित कृति ‘जीवन काँडा कि फूल’ मा बनेको फिल्म प्रदर्शनीमा आउने भएको छ ।

निर्माता कम्पनी बिष्ट ब्रदर्सले शनिबार घिमिरेको निवास धनकुटा–६ कच्चिडेमा पत्रकार सम्मेलन गरेर देशैभर एकैसाथ फिल्म प्रदर्शनमा आउन लागेको जानकारी दिएको छ । देब्रे खुट्टाका तीन आंैलाको सहायतामा करिब डेढ बर्ष लगाएर झमकले लेखेको आत्मकथा ‘जीवन काँडा कि फूल’ नामक साहित्यिक कृतिमा आधारित भएर विष्ट ब्रदर्स फिल्म प्रालिले २ घण्टा ५ मिनेट लामो फिल्म बनाएको निर्माता निर्देशक विनोद विष्टले बताए ।

झमकको सो कृतिले २०६७ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो । फिल्मको पटकथा मुक्ति बरालले लेखेका छन् । फिल्मका मुख्य कलाकारमा अवस्था थापा र रोजिता बुद्धचार्य रहेका छन् । आमाको भूमिकामा उमा गिरी र बुबाको भूमिकामा किसन सुनुवार रहेका छन् । झमक घिमिरे स्वयम्को भूमिका रहेको फिल्ममा प्रकाश सिवाकोटीको गीत रहेको बताइएको छ । त्यस्तै, फिल्मका सबै ४ वटा गीतमा सिवकोटीले नै सङ्गीत दिएका छन् । फिल्मलाई शिव ढकालले खिचेको बिष्छले बताए ।

झमकको जीवनको भोगाइ र सङ्घर्षको चित्रण रहेको फिल्ममा कथाको काल्पनिकतालाई यथार्थतामा झल्काउन निकै चुनौती भए पनि फिल्म निर्माण गरी प्रदर्शनीका लागि वितरक सुनिल मानन्धरलाई जिम्मा दिइएको निर्माता बिष्टले बताए ।

बिष्टका अनुसार झमकको जीवन भोगाइको सङ्घर्षलाई दुरुस्त उतार्न निकै कठिन भएको थियो । ६५ लाख रुपैयाँको लगानीमा २ वर्ष लगाएर फिल्म निर्माण गरेको बिष्टले बताए ।

पत्रकार सम्मेलनमा झमकले आप्mनो जीवनीमा आधारित पुस्तक जीवन काँडा कि पूmलमा भएको भन्दा आमाको भूमिका अलि कडा आएको भन्दै फिल्म हेर्ने दर्शकले फिल्मलाई फिल्मकै रूपमा हेरेर मनोरञ्जन लिन आग्रह गरेकी छिन् । आमा आशादेवी घिमिरेले पनि फिल्मको पटकथामा आपूmलाई आमाको भूमिकामा थोरै चित्त नबुझेको बताइन् ।

धनकुटा नगरपालिका वडा नम्बर ६ कच्चिडेमा जन्मिएकी ३८ वर्षीया झमकले नेपाली साहित्यमा दर्जनौँ कृति सिर्जना गरेकी छिन् । उनी आपूmलाई अपाङ्ता भएको भन्न रुचाउँदिनन् ।

jhamk ghimire pradeshportal.com