इटहरीः ७ बर्षपछि निर्माण गरिएको पशुपति प्रसाद २ भष्मे डन झुर फिल्म भएपछि नेपाली फिल्मलाई मन मुटुबाटै माया गर्ने दर्शकहरुले यो फिल्मका लेखक निर्माता समेत रहेका खगेन्द्र लामिछानेको चर्को आलोचना गरेका छन् । राम्रो लेखक र कलाकारका रुपमा लामिछानेलाई बुझेका दर्शकहरुले फिल्म हेरेपछि हल्ला गरे अनुसारको नभएको सारै झुर फिल्म बनाएर सबैलाई ठग्ने काम गरिएको प्रतिक्रिया दिएका छन् । 

धेरै दर्शकहरुले खगेन्द्र लामिछानेको आधिकारिक फेसबुक पेजमा उनले पशुपति प्रसाद २ भष्मे डन का बारेमा पोष्ट गरेका स्टाटस मै कडा प्रतिक्रिया जनाउँदै झुर फिल्म बनाएकोमा आक्रोश पनि पोखेका छन् । उनीहरुले अब देखि फिल्मको पार्ट २ बनाउने नाममा पशुपति प्रसाद २ भष्मे डन जस्तो फिल्म नबनाउन खगेन्द्रलाई सुझाव पनि दिएका छन् । आफुहरु पशुपति प्रसाद को स्वाद सम्झेर त्यही अनुसार कै पशुपति प्रसाद २ भष्मे डन पनि निर्माण भएको सम्झेर फिल्म हेर्न हल गएको तर पैसा र समय बर्वाद भएको प्रतिक्रिया दिएका छन् । 

bhasme-don (2)

खगेन्द्र लामिछानेको आधिकारि पेज फलो गर्ने अधिकांश जस्तो दर्शकहरुले पशुपति प्रसाद २ भष्मे डनका बारेमा झुर फिल्म बनाएको भन्दै आक्रोश, सुझाव र आफुहरुले टिकटमा गरेको लगानी नै खेर गएको प्रतिक्रिया दिएका छन् । उनको पेंज फलो नगर्ने दर्शकहरुले आफु जस्तै अरु दर्शक नठगिउन भनेर आ आफ्नो आधिकारिक फेसबुक पेंजबाट पशुपति प्रसाद २ भष्मे डन फिल्म झुर रहेको र हेर्न नजान सुझाएका छन् । 

यस्तो छ दर्शकको प्रतिक्रिया

इटहरीमा रहेर पर्यटन क्षेत्रलाई समेटर भल्ग बनाईरहेका प्रकाश नेपालले पशुपति प्रसाद २ भष्मे डन लाष्टै झुर फिल्म बनेको प्रतिक्रिया दिएका छन् । उनले पैसा र समय जोगाउन आम दर्शकलाई सुझाएका छन् । उनले बरु एउटा राम्रो गन्तव्य घुम्न र सकिन्छ भने भल्ग बनाउनु तर फिल्म हेर्न हल नजान भनेका छन् । 

393944440_1089461092416000_3495915006739695757_n

नेपाली फिल्मलाई लामो समयदेखि माया गर्दै आएका इटहरीका छिरिङ शेर्पाले पशुपति प्रसाद २ भष्मे डन आइतबार फिल्म हल गएर हेरेको तर लाष्ट झुर लागेको प्रतिक्रिया दिएका छन् । उनले समाजिक सञ्जालमै लेखेर फिल्ट झुर रहेको जनाएका छन् । 

अर्का दर्शक डेभिड पोख्रेलले पहिलो भाग जस्तो दोस्रो भाग राम्रो फिल्म नबनेको प्रतिक्रिया दिएका छन् । राजकुमार ढकालको प्रतिक्रिया नि डेभिडको जस्तै छ । अर्का दर्शक कुमार बुढाथोकीले जसले जे जे भनेपनि पशुपति प्रसाद जस्तो पशुपति प्रसाद २ भष्मे डन शसक्त नभएको प्रतिक्रिया दिएका छन् । आफुलाई पशुपति प्रसाद २ भष्मे डन खासै मन नपरेको उनले बताएका छन् । उनले खगेन्द्र लामिछानेकै फेसबुकको पोष्टमा फिल्म बारे लेख्दै भनेका छन– ‘मेरो हिसाबमा यो फिल्मलाई १० मा ३ नम्बर दिन्छु।’

395266338_3221495848151342_1098214213147894597_n

निराजन अधिकारीले दर्शक झुक्याउने फिल्म नगर्न खगेन्द्रलाई सुझाव नै दिएका छन् । उनले लामिछानेले राम्रो फिल्म बनाउछन भन्ने विश्वास कम भएको प्रतिक्रिया दिएका छन् । फिल्म हेरेपछि नवराज लुईटेलले समाजिक सञ्जाल मार्फत पशुपति प्रसाद सँग तुलना हुने फिल्म पशुपति प्रसाद २ भष्मे डन बन्न नसकेको प्रतिक्रिया दिएका छन् । अर्का दर्शक आरुषीले पशुपति प्रसाद २ भष्मे डन फेद न टुप्पोको फिल्म बनेको प्रतिक्रिया दिएका छन् ।

गौतम समरले फिल्म उद्योग नै बन्द गरेर विदेशमा छायांकन गर्ने भनेर सबै जना विदेशमै लुके हुने प्रतिक्रिया दिएका छन् । अर्का दर्शक आर्चाय प्रकाश फिल्म हेरेपछि सामाजिक सञ्जालमा लेख्छन्–‘२६ बर्ष पछि हलमा गएर फिल्म हेरेको तात्तो न छारोको रहेछ । यो फिल्मले भन्न खोजेको के हो ? पशुपतिप्रसाद को नाम बेचेर पैसो कमाउने मेसो मात्र रहेछ  ।  बेकारमा पैसा र समय खेर गयो ।यस्ता फिल्म बनेर हो, नेपाली सिनेक्षेत्र उभो लाग्न नसकेको ।यस्तो पनि फिल्म हुन्छ ?’ शंकर घिमिरे फिल्म हेरेपछि पशुपति प्रसाद २ भष्मे डनलाई हावा हो भनेका छन । अभिमन्यु अभिजित फिल्म हेरेपछि लेख्छन–‘भष्मे डन’ बारे टिप्पणी गरिहाले देशमै केही गरौँ भनी बसेका युवालाई दुरुत्साहन’होला । अन्टसन्ट बागमती किनारबाहेक केही छैन ।’

394417776_360977316508276_6394137347930217788_n

हैटौडाका दर्शक सुबास ‘सजल’ फिल्म हेरेपछि सामाजिक सञ्जाल फेसब’कमा फिल्म बारे यसरी समिक्षा गर्छन –‘संगै फिल्म हेर्न हलमा गएका छेउका केही साथीहरु उठेर जानुभयो । खगेन्द्र लामिछाने  एकदमै मनपर्ने लेखक तथा  अभिनेता हुन । उहाँलाई चलचित्र बधशाला देखि पछ्याईरहेको छु  ।  साहित्यमा राम्रो दख्खल राख्ने भएकोले होला पशुपति प्रसाद २  लाई ९भष्मेडन भन्न रुचि लागेन० पनि निकै बिम्बात्मक शैलीमा घुमाउनु भएछ तर साहित्य सबैले नबुझ्न सक्छ र नबुझ्ने कतिपयले छि झुर फिल्म भन्न सक्छ तर छि भन्ने सम्मको चलचित्रचाहिँ हैन। भाग १ जस्तो स्वादिलो चाहिँ हैन। कुकुरको भावना समेटेर ‘फुर्के’लेख्नुभएको उहाँले, मानिसमा चाहिँ संम्वेदनशीलता करिब करिब हुँदैन भन्न खोजेको जस्तो देखियो, सबै पात्रको दुःख उत्तिनै मार्मिक तर मौका पाउने बित्तिकै, औला सोझ्याईहाल्ने नरमाइलो उठान देखेर नमज्जा लाग्यो । थिएटर बेस कलाकारको चलचित्र हेर्न, व्यवसायीक चलचित्र हेर्न गएको जस्तो मुड लिएर प्राय कोही गएका हुदैनन् यो मानेमा मैले पनि थोरै मन दुखाएर आए ।  तेस्रो भाग आउने पूरा संकेत दिईएको छ तर नआएमा अचम्मित चाहिँ हुने छैन ।’ 

368105617_976535516774124_2661532917563088652_n

विनय भुजेल लेख्छन - पैसा कमाउ बाल भएन, फिल्म झुर छ यार कसम । सुरज आर्चाय लेख्छन् फिल्म  सोचेजस्तो राम्रो छैन । राम्रो देखाउनुपर्ने सिन पनि देखाइएको छैन । मेरो पैसा खेर गयो फिल्म हेर्न मजा आएन । 

अर्का दर्शक कमल शाही ठकुरी लेख्छन - तपाईँको अरु फ्लिम जस्तो यो फिल्म बनेन धन्यबाद् ।   गणेश धिमालले आफुलाई फिल्म मन नपरेको प्रतिक्रिया दिएका छन् । 

दर्शक महेश शर्मा लेख्छन -माफ गर्नुहोला टिकटको पैसा असुल भएन । दर्शकले माया मार्लान है इज्जतको ख्याल राख्नुहोला । सुयोगवीर चुनरिया लेख्छन -भष्मे डन नहेरेकै बेस । 

368027773_272058668571310_8522692497219384718_n

प्रतिदिन दर्शक घट्दै, निर्माण टिम कु प्रचार गर्दै

झुर फिल्म बनाएको आम दर्शक माझ आँगो झै सल्किएपछि फिल्म रिलिज भएको दोस्रो दिनबाटै दर्शकहरु घट्न थालेका छन् । तर फिल्मका लेखक तथा निर्माता खगेन्द्र लामिछाने प्रत्येक दिन धेरैभरीका हलमा हाउसफुल शो चलेर सोलआउट भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट हाल्दै कु प्रचार गरिरहेका छन् । फिल्म निर्माण टिमले केही फिल्म सम्बन्धि मात्र समाचार उत्पादन गर्ने पत्रकारहरुलाई प्रभावमा पारेर फिल्म ज्यादै उत्कृष्ठ बनेको, दर्शकको अपार माया पाएको, देशभर हाउसफुल चलेको र चलेकै दिन करोडौ कारोवार गरेको भन्दै कु प्रचार गरिरहेका छन् । 

आइतबार इटहरीमा रहेका इलाइट र सिने प्लाजामा पशुपति प्रसाद २ भष्मे डन हेर्ने दर्शकहरु प्राय सबै शोहरुमा निकै नै कम थिए । हल भित्र सिट क्षमताको ३० प्रतिशत मात्र दर्शक देखिएका थिए । झापा, विराटनगर, हेटौडा , चितवन, पोखरा लगायतका हलहरुमा पनि आइतबारबाट दर्शक क्रमश घटिरहेका छन् ।