विराटनगरः जीवन र संस्कृतिलाई जोड्न शनिबार ४ जना कविले विराटनगरनजिकैको झोराहाटमा कविता वाचन गरेका छन् ।

झोराहाट नाट्य समूहद्वारा मोरङको झोराहाटमा आयोजित गाउँमा कविता ३१ औँ शृङ्खलामा कवि तथा कवयत्रीले आआफ्ना ४÷४ वटा कविता वाचन गरेका थिए ।
कविता वाचन गर्नेमा काठमाडौंकी कवि यशोदा अधिकारी, धरानका कवि प्रा डा भीम खतिवडा, बेलबारी नगरपालिकाकी उपप्रमुख तारा पराजुली र इटहरीका कवि रामप्रसाद खरेल रहेका थिए ।

झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईंले प्रत्येक महिनाको दोस्रो शनिबार ४ जना कविले आआफ्ना रचना प्रस्तुत गर्ने गरेको बताए । ३ वर्ष अघिदेखि शृङ्खला शुरु भएको हो ।

gauma kabita 075 pus  (4) gauma kabita 075 pus  (3) gauma kabita 075 pus  (5) gauma kabita 075 pus  (2)