दमकः इटहरीमा बसेर कविताकर्म गर्ने कवि बद्री भिखारीको नयाँ कविता सङ्ग्रह समुद्र साउतीको दमकमा परिचर्चा भएको छ । आज दिउँसो १ बजे भएको परिचर्चा कार्यक्रममा पूर्व सांसद तथा वरिष्ठ कवि कुन्ता शर्मा, कवि मनु मञ्जिल, हेमन यात्री, सुन्दर कुरूप, मुनराज शेर्मा, रमेश सायन लगायतको उपस्थिति रहेको थियो ।

49781352_732674053774950_1570229971719290880_n
एसजी होटलको सभाकक्षमा नेपाल लिटरेरी ग्रुपले आयोजना गरेको कार्यक्रममा कवि भिखारीले नागरिकता शीर्षकको कविता सुनाएका थिए ।

मुनराज शेर्मा, सुन्दर कुरूप र कवि भिखारीको ‘प्यानल डिस्कसन’ पनि भएको थियो । जितेन ‘मुस्कान’ले सञ्चालन गरेको ‘प्यानल डिस्कसन’मा वक्ताहरूले भिखारीका कवितामाथि परिचर्चा गरेका थिए ।

प्रमुख अतिथि मनु मञ्जिलले भिखारीका कवितामा काव्यिक मेडिटेसनका झिल्काहरू पाइने बताए ।

49536017_798681787143787_6844303614815502336_n
गत असार २९ गते भानु जयन्तीको दिन काठमाडौंमा लोकार्पण भएको कवि भिखारीको कविता सङ्ग्रह अहिले देश दौडाहामा छ । केही समय अघि इटहरीमा कार्यक्रम भएको थियो भने अब मेची क्षेत्रका पहाडी जिल्लामा कार्यक्रम हुने पुस्तक प्रकाशक शिखा बुक्स काठमाडौंले जनाएको छ ।